नेकपा स्थायी कमिटी बैठक आजपनि स्थगित

पार्टीका दुई अध्यक्षबीच गृहकार्य नसकिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक स्थगित भएको छ ।

दुई जना अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको भन्दै मंगलबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित गरिएको बैठक स्थगित भएको हो ।

गत असार १० गतेबाट सुरु भएको बैठकमा कोभिड– १९ रोकथाम, नियन्त्रण र उपचार, सीमा समस्या, सरकार र पार्टीको कामको समिक्षा र एमसीसीबारे छलफल गर्ने एजेण्डा थियो । तर पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको नेपालले जारी गरेको नक्साको सन्दर्भलाई भारतसित जोडेर आएको तत्कालिन अभिव्यक्ति पछि आन्तरिक विवाद बढेर बैठक प्रभावित हुँदै आएको छ ।

विवाद समाधानका लागि स्थायी कमिटी बैठकले अध्यक्षद्वयलाइ जिम्मेवारी दिएपनि आजसम्म ठोस सहमति बन्न सकेको छैन । विवाद समाधानका लागि पटक पटक छलफल भएको छ । सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच छलफल भएको छ ।


ताजा खबर