कांग्रेस नेता जोशीसहित तीन नेतालाई पार्टीबाट निश्कासन

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित तीन नेतालाई पार्टीबाट निश्कासन गरेको छ ।

जोशी र पूर्वराज्यमन्त्री पुष्करनाथ ओझालाई ५-५ वर्षका लागि निश्कासन गरेको कांग्रेसले जनाएको छ ।

अनुशासन समितिको शनिबार बसेको बैठकले स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै कांग्रेस डडेलधुराका कार्यालय सचिव रामबहादुर विष्टलाई तीन वर्षका लागि निश्कासन गर्ने निर्णय गरेको हो । तीनै नेतालाई चुनावमा कांग्रेस उम्मेदवारलाई असहयोग गरेकोमा स्पष्टिकरण सोधिएको थियो ।


ताजा खबर