अब हिरा तथा बहुमूल्य पत्थरको पनि मूल्य निर्धारण हुने

नेपाल सुनचाँदी व्यवसायी महासंघले अब हिरा तथा बहुमूल्य पत्थरको मूल्य समेत निर्धारण गर्ने भएको छ ।

महासंघको हालै सम्पन्न १७ औं कार्यसमितिको भर्चुअल बैठकले हिरा तथा बहुमूल्य पत्थरको मूल्य निर्धारण गर्न समिति समेत गठन गरेको छ ।

बैठकले हिरा लगायत रत्न पत्थरहरुको अध्ययन र परीक्षण गर्न जेमोलोजिकल ल्याव स्थापना गर्ने निर्णय समेत गरेको छ ।

हाल बहुमूल्य हिरा तथा पत्थरको सक्कली–नक्कली र मूल्य यकीन नहुँदा आम उपभोक्ता मर्कामा पर्दै आएका छन् ।

बैठकले महासंघको तेश्रो महाधिवेशन तथा ७ औं वार्षिक साधारणसभा आगामी असोज २५ र २६ गते काठमाडौंमा डर्ने निर्णय पनि गरेको छ । महाधिवेशनमा देशभरबाट करिब ४ सय जना प्रतिनिधी सहभागी हुनेछन् ।

बैठकले महासंघको विधान अनुरुप प्रदेश महासंघको निर्वाचन पनि गर्ने निर्णय गरेको छ । यसको लागि असोज १२ गतेको मिति तय भएको र साधारणसभा तथा महाधिवेशन सम्पन्न गर्नका निमित्त बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यको संयोजकत्वमा मूल समारोह समितिका साथै अन्य विभिन्न उप समितिहरु समेत गठन गरेको महासंघले जनाएको छ ।


ताजा खबर