रमेश दहालको नयाँ गीत ‘मिल्टेरीको जुत्ता’ सार्वजनिक (भिडियो सहित)

लोकप्रिय गीतकार रमेश दहालको  शब्द रहेको ‘मिल्टेरीको जुत्ता’ सार्वजनिक भएको छ।

डान्सिङ बिटको यो गीत रमेश दहालले लिपिवद्ध गर्नुभएको हो भने यसलाई पवन गिरीले स्वरवद्ध गर्नुभएको छ । टिका दहालले संगीतवद्ध गर्नुभएको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गर्नुभएको छ।

गीतको म्युजिक भिडियोमा चर्चित जोडी सरोज अधिकारी र आश्मा विश्वकर्माले अभिनय गर्नुभएको छ। गम्भीर बिष्टको कोरियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारी र टिमले छायांकन गरेक हो। जीवन थापाको सम्पादनमा तयार भएको भिडियो हास्य टेलिश्रृंखला सक्किगोनिका ‘काकु’ कलाकार दिपक आचार्यले निर्देशन गर्नुभएको हो । नेपाली सेनाको पोशाक र ब्यारेकको सेरोफेरोमा आधारित कथामा तयार गरिएको भिडियोलाई वाइड लेन्स प्रोडक्सन मार्फत सार्वजनिक गरिएको हो।

नेपाली लोकलय र समसामयिक घटनाका विषयमा गीत लेख्ने गीतकार रमेश दाहालले यसअघि सयौ लोकप्रिय गीत लेखिसक्नुभएको छ । उहाँका शब्दमा वरिष्ठ गायक दिप श्रेष्ठ , वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले स्वर दिइसक्नुभएको छ । त्यसैगरी नयाँ पुस्ताका गायक सञ्जीव पराजुली र टीका प्रसाईले समेत उहाँका गीत गाइसक्नुभएको छ। राम्रा गीत लेखेकै कारण दहाल थुप्रै अवार्डबाट सम्मानित हुनुभएको छ ।

उहाँले रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा उत्कृष्ट आधुनिक गीतकारको अवार्डसमेत हाँसिल गरिसक्नुभएको छ । हजारको हाराहारीमा गीत लेखेका रमेश नेपाली गीत–संगीतका अध्यता तथा अनुसन्धानकर्ता समेत हुनुहुन्छ । उहाँका दर्जनौ खोजमुलक लेखहरू समेत विभिन्न पत्रपत्रिकामा प्रकाशित भैसकेका छन् ।

भिडियो हेर्नुस् …


ताजा खबर