एभरेष्ट बैंकले ल्यायो चाडपर्व विशेष कर्जा योजना

एभरेष्ट बैंकले चाडपर्व विशेष कर्जा योजना ल्याएको छ।

यो योजना अन्तर्गत घर कर्जा, साना तथा मझौला उद्योग कर्जा, गाडी तथा मोटरसाइकल कर्जा र व्यक्तिगत कर्जा दिइनेछ।

यो योजना १५ साउन देखि १४ कात्तिकसम्म लागू हुनेछ। बैंकले घर भाडा भन्दा सस्तो घर कर्जा, स्वरोजगार तथा उद्यमीका लागि साना तथा मझौला उद्योग कर्जा, आफ्नै सवारी साधनका लागि गाडी तथा मोटरसाइकल कर्जा र व्यक्तिगत प्रयोजनका लागि व्यक्तिगत कर्जा योजना सञ्चालनमा ल्याइने बैंकले जनाएको छ।

बैंकका अनुसार, घर कर्जामा कर्जा ८.२५ प्रतिशत , साना तथा मझौला उद्योग कर्जा ८.२५ प्रतिशत, गाडी कर्जा ९.५५ प्रतिशत, मोटरसाइकल कर्जा १०.५५ प्रतिशत र व्यक्तिगत कर्जामा ९.५५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ।

चाडपर्व विशेष कर्जा योजनामा प्रशासनिक शुल्क ०.५० प्रतिशत हुने बैंकले जनाएको छ।


ताजा खबर