ग्लोबल आईएमईले ल्यायो नयाँ कर्जाप्रवाह योजना

ग्लोबल आईएमई बैंक लिमिटेडले आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजना ल्याएको जनाएकाे छ।

सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण गर्न, घर, जग्गा तथा गाडी किन्न र शेयरको धितोमा कर्जा लिन ब्यांकले यो योजना ल्याएको जनाएको हाे।

ग्लोबल घर कर्जा अन्तर्गत सेवाग्राहीले २५ वर्षसम्मको अवधिका लागि ८.७५ प्रतिशत व्याजदरमा घरजग्गा कर्जा लिन पाउने र यस कर्जाको व्याजदर १ वर्षसम्म स्थिर रहने जनाइएको छ।

यसैगरी बैंकले ८.९९ प्रतिशतमा गाडी कर्जा र ९.४९ प्रतिशतमा शेयरको धितोमा कर्जा प्रवाह गर्ने विज्ञप्तिमा जनाएको छ।

यस योजनामा सहभागी हुने सेवाग्राहीलाई डेबिट/क्रेडिट कार्ड जारी शुल्कमा ५० प्रतिशत छुट र लकर सुविधामा ५० प्रतिशत छुट प्रदान गरिने बताएकाे छ।

कर्जा लिन चाहनेले आवश्यक कागजातहरु ब्यांकमा पेश गरेको ३ कार्य दिनभित्र कर्जा प्राप्त गर्न सक्ने विज्ञप्तिमा जनाएको छ।


ताजा खबर