शेयरधनीलाई लाभांश संकलन गर्न नेपाल एसबीआई बैंककोआग्रह

नेपाल एसबीआई बैंकले यसअघि विभिन्न वर्षहरुमा वितरण गरेको लाभांश संकलन गर्न आग्रह गरेको छ। बैंकले २०७०/७१ को वार्षिक साधारण सभा तथा सोभन्दा अघिका वर्षहरुमा वितरण भएको लाभांश रकम संकलन नगरेको तथा केहीले संकलन गरेर पनि सटही नगरेको, एफपिओ तथा हकप्रदमा आवश्यकता भन्दा धेरै आवेदन गरी फिर्ता भएको रकम संकलन नगरेको भन्दै एक महिनाभित्र उक्त लाभांश रकम संकलन गर्न अनुरोध गरेको हो ।

यसरी लाभांश संकलन नगर्ने शेयरधनीहरुको सूची बैंकले आफ्नो वेवसाइटमा राखेको जनाएको छ। यस्तो रकम एसबीआई क्यापिटल हात्तीसारबाट संकलन गर्न सक्नेछन्। उपत्यका बाहिरका शेयरधनीले एसबीआई बैंकको शाखा कार्यालयबाट निवेदन दिन सक्नेछन्।


ताजा खबर