राष्ट्रिय बाणिज्य बैंकले घटायो ब्याजदर

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रवाह गर्ने सम्पूर्ण कर्जाको ब्याजदर २०७७ श्रावण ७ गतेबाट एकल अङ्कमा हुने गरी तोकेको छ । बैंकले यही बुधबारदेखि लागु हुने गरी नयाँ तथा पुराना ग्राहकहरुको लागि कर्जाको ब्याजदर अधिकतम ९ दशमलव ३२ प्रतिशत मात्रै हुने गरी तोकेको छ ।

हाल बैंकको आधारदर ६ दशमलव ०७ प्रतिशत रहेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।


ताजा खबर