उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित

नेपाल उद्योग वाणिज्य महासंघको यही साउन २५ र २६ गते हुने भनिएको निर्वाचन स्थगित भएको छ ।

बिहीबार बसेको पदाधिकारी बैठकले कोरोना भाइरसको संक्रमण जोखिमले सरकारले सरकारले सभा, सम्मेलन, भोजभतेर नगर्न निर्देशन दिएकाले निर्वाचन स्थगित गर्नुपरेको महासंघ अध्यक्ष भवानी राणाले जानकारी दिनुभयो ।

महासंघको वरिष्ठ अध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाअनुसार अबको नेतृत्व हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले लिदैछन् । गत चैत २८ र २९ गतेका लागि तोकिएको निर्वाचन लकडाउनका कारण स्थगित भएको थियो ।


ताजा खबर