कांग्रेसको अन्तरिम संरचना समायोजन अन्तिम चरण

नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन कार्यतालिका सार्वजनिक गरेसँगै राज्य पुनःसंरचनाबमोजिम समायोजन हुन बाँकी जिल्लामा पार्टीको अन्तरिम संरचना समायोजन अन्तिम चरणमा पुगेको जनाएको छ ।

हालसम्म ६७ जिल्लामा समायोजन सम्पन्न भइसकेको र बाँकी जिल्लाको पनि निर्धारित समयमै हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले जानकारी दिनुभयो ।

यसैगरी केन्द्रीय कार्यालयबाट हालसम्म ५५ जिल्लाले क्रियाशील सदस्यता फाराम लगिसकेको र बाँकी जिल्लामा पनि निर्धारित मितिमै पुग्ने गरी काम भइरहेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । रासस


ताजा खबर