नेप्से परिसूचक २.३८ प्रतिशत वृद्धि

नयाँ आर्थिक वर्षको पहिलो दिन बिहिवार नेप्से परिसूचक २.३८ प्रतिशतले बढेर बन्द भएको छ । आर्थिक वर्ष २०७७/७८ को पहिलो दिन नै नेप्से हरियो भएपछि लगानीकर्ताहरु उत्साहित भएका छन ।

बिहीबार नेप्से परिसूचक ३२.४२ अंक बढेर एक हजार ३९४.७७ विन्दुमा पुगेको छ ।

यस दिन १८० कम्पनीहरुका १६ हजार ५४५ कारोबारहरबाट १ अर्ब ४ करोड १७ लाख ७० हजार रुपैयाँ बराबरको २९ लाख १४ हजार ५१८ कित्ता शेयर किनबेच भएका छन् ।

बिहिवार कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेड सबै भन्दा माथि रहेको छ ।


ताजा खबर