असार मसान्तमा ३ खर्ब ७५ अर्ब आन्तरिक राजस्व संकलन

चालु आर्थिक वर्षको अन्तिम दिन असार ३१ गते अपरान्ह ५ बजेसम्म देशमा आन्तरिक राजस्व ३ खर्ब ७५ अर्ब संकलन भएको छ ।

आन्तरिक राजस्व विभागले राजस्व संकलनको सम्पूर्ण विवरण आइनसकको भए पनि बुधबार ५ बजे सम्मको संकलनको आधारमा गत वर्षको तुलनामा चालु आर्थिक वर्षको राजस्व संकलन १७ अर्बले बढी भएको आन्तरिक राज्स्व विभागका महानिर्देक विनोदबहादुर सिंहले जानकारी दिनु भयो ।

देशमा कोरोनाको महामारी, लकडाउन, उद्योग बन्द, आर्थिक कारोबारहरु बन्द भएको प्रतिकुल अवस्थामा पनि करदाताहरुले स्वतस्फूत रुपमा राजस्व बुझाएको कारण यत्रो धेरै राजस्व स्ंकलन भएको महानिर्देशक सिंहले बताउनु भयो ।

यसै बीच आन्तरिक राजस्व विभागले वार्षिक २० खालसम्मको कारोबार गर्ने साना करदाताले बैक मार्फत कर भुक्तानी गर्दा आय विवरण समेत बुझाउनु सक्ने व्यवस्था मिलाउने भएको छ ।

विभागले आर्थिक २०७७।७८ को प्रारम्भ संगै साउन १ गते बिहिबारबाट बजेटमा उल्लेखित रावस्व व्यवस्थापन प्रणाली लागू गर्न लागेको जनाएको छ ।


ताजा खबर