सोसल मिडिया एप फेसबुकले मेसेन्जर र ह्वाट्सएपलाई एकिकृत गर्ने

फेसबुक मेसेन्जर तथा ह्वाट्सएप च्याटिङका लागि प्रयोग गरिने सबैभन्दा लोकप्रिय सोसल मिडिया एप हुन् । फेसबुक कम्पनी मातहत भएतापनि यी दुई एपहरु फरक फरक ढंगले स्वतन्त्र रुपमा सञ्चालन हुने गर्दछन् । तर निकट भविष्यमा फेसबुकले मेसेन्जर र ह्वाट्सएपलाई जोड्ने योजना बनाएको छ । यसको अर्थ मेसेन्जर र ह्वाट्सएप प्रयोगकर्ताले एक आपसमा च्याट गर्न पाउनेछन् । अर्थात् मेसेन्जरबाट ह्वाट्सएपमा र ह्वाट्सएपबाट मेसेन्जरमा च्याट गर्न पाइनेछ ।

फेसबुकले मेसेन्जर र ह्वाट्सएपलाई एकिकृत गर्न लागेको तथ्य हालै लिक भएको एक कोडबाट पत्ता लागेको बताइएको छ । एजेन्सी


ताजा खबर