‘तिमिबिना सक्दिन’ : विशाल पहाडी ‘आँशु’

उम्हुम् म दिप अब जलाउनै सक्दिन,

तिमिबिना जीवन चलाउनै सक्दिन।

सोध कस्कस्लाई सोध्छौ आजै सोध,

भाँचिएको ठुटो हुँ पलाउनै सक्दिन।

हिजो तिम्रै नाममा कति दिन भोकै रहेँ,

जरा काटियको बोट फलाउनै सक्दिन।

भगवान भनी पछि लाग्दा लाग्दै योछ,

तिम्रै नाममा हत्केला बलाउनै सक्दिन।


ताजा खबर