नर्भिक अस्पतालले बढी ओपीडी शुल्क लिएको भेटिएपछि बाणिज्य विभागले माग्यो कारण सहितको जवाफ

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटललाई तीन दिनभित्र आवश्यक कागजातसहित लिखित जवाफ दिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्देशन दिएको छ ।

स्वास्थ्यकर्मीसहित नियमित बजार अनुगमनका क्रममा अस्पतालले बिरामीबाट पहिलेभन्दा फरक शुल्क लिएको भेटिएपछि लिखित जवाफ माग गरिएको जनाइएको छ ।

No photo description available.

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार आफ्ना पुराना नियमित बिरामीका लागि वैकल्पिक व्यवस्था गरिएको इमर्जेन्सी ओपिडी सेवामा रु ७५० लिएको भेटिएपछि जवाफ माग गरिएको हो ।

लकडाउनपूर्व हस्पिटलले सेवाग्राहीबाट आकस्मिक सेवाका लागि रु एक हजार २५० र बहिरङ्ग सेवाका लागि रु पाँच सय लिँदै आएको थियो ।

लकडाउनका कारण सरकारले नै बहिरङ्ग सेवा बन्द गर्ने निर्देशन दिएपछि आकस्मिक बहिरङ्ग सेवा सञ्चालन गरेर रु ७५० लिएको अनुगमनका क्रममा भेटिएको उनले जानकारी दिए ।

एक हजार २५० रुपैयाँबाट बाट ७५० रुपैयाँमा मा झारिएको वा रु पाँच सयबाट रु सात सय लिएका विषयमा लिखित जवाफ माग गरिरएको उनले जानकारी दिए । रासस


ताजा खबर