सुनको मास्क लगाउँदा भारतीयको सर्वत्र आलोचना

संसार कोभिड-१९ कोरोनाभाइरसका कारण अहिले त्रस्त छ । महामारीको यो अवस्थामा कोरोनाबाट बच्न हरेकले मास्कको प्रयोग गरिरहेका छन् । यसैबीच एकजना भारतीयले लगाएको मास्क हिजोआज चर्चाको बिषय बनेको छ ।

अहिले सामाजिक सञ्जालमा एक अनौठो मास्कको तस्बिर भाइरल बनिरहेको छ । एक व्यक्तिले लगाएको सुनको मास्कको चर्चा भइरहेको छ ।

समाचार एजेन्सी एएनआइका अनुसार महाराष्ट्रका शंकर कुराडेले सुनको मास्क लगाएका छन् । सुनका गहना लगाउन सौखिन उनले सुनको मास्क बनाएका हुन् । गोल्डेन म्यान भनेर पनि चिनिने शंकरले सामान्य समयमा पनि करिब ३ किलो सुनका गहना लगाएर हिँड्ने गर्छन् ।

अहिले उनले ५० ग्रामभन्दा धेरै तोलको सुनको मास्क लगाउका छन् । यसको मूल्य भारति बजारमा २ लाख ८९ हजार भारतीय रुपैयाँ पर्ने बताइएको छ ।

यस मास्कमा साना साना प्वाल बनाइएको छ, जसबाट स्वास प्रवाहका लागि समस्या हुँदैन । अहिले उनले सुनको मास्क लगाएको तसिबर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

सर्वत्र आलोचना 

पुरै भारत महामारीको चपेटामा परिरहेको बेला सुनको मास्क प्रयोग गरेर चर्चा कमाउन खोजेको भन्दै ति व्यक्तिको आलोचना भइरहेको छ। भारतीय एक ट्विटर प्रयोगकर्ताले लेखेका छन् ‘हाम्रो देशमा करोडौं नागरिक घरबार बिहिन भएर बसेका छन्, यस्तो अवस्थामा उनीहरुलाई आर्थिक सहयोग गर्नुको साटो सुनको मास्क देखाउदै हिड्ने ढङ्ग नभएका भारतीय हुन्।’ अर्का एक जनाले पनि त्यस्तै प्रतिक्रिया दिएका छन् ‘पैसाले सबैथोक किन्न पाइन्छ तर बुद्धि किन्न पाइन्दै भनेको यही हो।’ त्यसो त  शंकर कुराडेले सुन मास्कको प्रयोग कोरोना भाइरसबाट बच्नका लागि भन्दा पनि आफ्नो सम्पति प्रदर्शन गर्नका लागि लगाएका थिए।    एएनआई


ताजा खबर