नेपाल बैंकको अधिकृतमा १४३ जनाको नाम निस्कियो सूचीसहित)

लोकसेवा आयोगले लिएको नेपाल बैंकको छैटौँ तह (अधिकृतसरह)को परीक्षामा १४३ जना उत्तीर्ण भएका छन्। आयोगले लिएको लिखित परीक्षामा सहभागी भएका १२२७ मध्ये उनीहरू उत्तीर्ण भएका हुन्।

लोकसेवा आयोगले प्रकाशन गरेको सूचनाअनुसार खुलातर्फ ६९ जना, महिला १९, आदिवासी जनजाति १६, मधेसी १२, दलित ५, अपांग ३ जना र पिछडिएको क्षेत्रतर्फ २ जनाको सिट छुट्याउँदै विज्ञापन गरिएको थियो।

यसमध्ये ८५ जना खुलातर्फ उत्तीर्ण भएका छन्। महिलातर्फ ६३ जना, आदिवासी जनजाति ३३ जना, मधेसी १७, दलित १, अपांग ३ जना र पिछडिएको क्षेत्रतर्फ ३ जना उत्तीर्ण भएका छन्। दलित कोटामा मागअनुसार उम्मेदवार उत्तीर्ण भएका छैनन्।

सूची हेर्न यहाँ क्लीक गर्नुहोस्


ताजा खबर