पूर्व क्षेत्रमा डिएपी मलको अभाव छैन

पूर्व क्षेत्रमा किसानलाई वर्षे धानबाली लगाउन प्रारम्भमा चाहिने रासायनिक मल डिएपीको अभाव नरहेको बताइएको छ ।

प्रदेश १ को १४ जिल्ला तथा प्रदेशं २ को सिरहा र सप्तरीका किसानलाई साल्ट ट्रेडिङ लिमिटेड र कृषि सामग्री संस्थान कार्यालय विराटनगरले उपलब्ध गराउँदै आएको रासायनिक मलमध्ये साल्ट ट्रेडिङ कार्यालय विराटनगरमा अहिले १९ हजार ८ सय २० बोरा डिएपी मौज्दात रहेको कार्यालय प्रमुख राधेश्याम चौधरीले जानकारी दिनुभयो ।

यस्तै कृषि सामग्री संस्थान विराटनगरसँग डिएपी मल १७९ मेट्रिक टन, पोटास १४२ मेट्रिक टन र कृषि चुन भण्डै ४ मेट्रिक टन मौज्दात रहेको छ ।

साल्ट ट्रेडिङ कार्यालय विराटनगरका कार्यालय प्रमुख राधेश्याम चौधरीले किसानको माग अनसार नै डिएपी मल उपलब्ध गराइएको र केही दिनभित्र थप एक लाख बोरा आउने भएकाले डिएपी मल अभाव नहुने जानकारी दिनुभयो ।


ताजा खबर