थप ५३८ जनामा कोरोना पुष्टि: नेपालमा संक्रमितको संख्या १० हजार नाघ्यो

पछिल्लो २४ घण्टामा नेपालमा थप ५३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरु मध्ये ४४८ जना पुरुष र ९० जना महिला रहेका छन् ।

योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या पुगेको दशहजार ९९ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मगंलबार गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

यस्तै, थप ७६ जना निकाे भएर डिस्चार्ज भएका छन् । मगंलबार मात्रै ८ महिला र ६८ पुरुष डिस्चार्ज भएका हुन्।  सँगै कुल डिस्चार्ज हुनेकाे सङ्ख्या दुई हजार २२४ पुगेकाे छ । समा १८९ महिला र २०३५ पुरुष छन् ।

रेड जाेनमा काठमाडाैं र ललितपुरका एक एकजना थपेसँगै सङ्ख्या ५०८ पुगेकाे छ ।

त्यस्तै उहाँले दैलेखका ४५ वर्षका एकजना पुरूष काेराेनाका कारणले मृत्यु भएकाे बताउनुभयाे  याेसँगै मृत्यु हुनेकाे सङ्ख्या २४ पुगेकाे छ ।

नेपालमा कोरोना भाइरस फेला परेका जिल्लाहरुको संख्या ७६ छ । बागमती प्रदेशको रसुवा जिल्ला बाहेकका सबै जिल्लामा कोरोना सङ्क्रमण फैलिएको छ । नेपालमा ७७ वटा जिल्ला रहेका छन् ।


ताजा खबर