पुतली, चरा र जेब्रा: कीटपतङ्ग र पशुपक्षीको चालको चमत्कार

रोयल सोसाईअटी अफ बाईओलजीले आयोजना गरेको वार्षिक तस्बिर प्रतियोगितामा उपाधिका लागि छानिएका तस्बिरहरू यहाँ प्रस्तुत गरिएको छ।

प्रतियोगितामा एमचर फोटोग्राफी गर्नेहरूका लागि दुईवटा वर्ग छुट्ट्याइएको थियो। वर्षको युवा फोटोग्राफर उपाधिका लागि चारवटा तस्बिर र वर्षको फोटोग्राफर उपाधिका लागि छवटा तस्बिर छानिएका थिए।

यो वर्षको प्रतियोगिताको विषय ‘क्याप्चरिङ मूभमन्ट’ रहेको थियो। त्यसअन्तर्गत समाविष्ट तस्बिरहरूमा विभिन्न कीटपतङ्ग र पशुपक्षीको चाल देखाइएको छ।

चरिरहेको पुतलीतस्वीर कपीराइटWILL LAWSON
Image captionयुवा फोटोग्राफर वर्गमा छानिएको यो तस्बिरमा विल लसनले फूलबाट रस चुसिरहेको पुतली देखाएका छन्
जेब्रातस्वीर कपीराइटLILLIAN QUINN
Image captionयुवा फोटोग्राफर वर्गमै छानिएको यो तस्बिरमा लिलिएन क्विनले केन्याको मासई मारा राष्ट्रिय निकुञ्जमा जेब्राको अस्तव्स्त बथान देखाएका छन्
उभयचर माछातस्वीर कपीराइटSUDHIR GAIKWAD
Image captionसुधीर गायकवाडले वर्षको फोटोग्राफर उपाधिका लागि बुझाएको यो तस्बिरमा दुइटा उभयचर माछाहरू झगडा गर्दै गरेको देखिन्छ। मडस्किपर भनिने ती माछाहरू केही दिन जलाशयबाहिर खुला ठाउँमा बस्न सक्छन्। उनीहरू मुख र घाँटीमा भएको ओसिलो सतहबाट सास फेर्न सक्छन् र धेरै आद्रता भएको वा हिलो ठाउँमा बस्न रुचाउँछन्।
कीरातस्वीर कपीराइटNICK EDWARDS
Image captionनिक एड्वर्ड्सले इङ्ग्ल्यान्डको दक्षिणी तटभन्दा पर रहेको आईल अफ वाईटमा खिचेको यो तस्बिरमा रेड सोल्जर बीटल भनिने खपटेकीरा देखिन्छ। घाँसे मैदान र जङ्गलमा जुनदेखि अगस्ट महिनामा प्राय: सम्भोग गर्न लागेका यस्ता कीराको जोडी देखिन्छ।
Presentational white space
ग्रान्डला चरातस्वीर कपीराइटKALLOL MUKHERJEE
Image captionकल्लोल मुखर्जीले खिचेको यो तस्बिरमा उडिरहेका ग्र्यान्डला चराहरूको ठूलो बथान देखिन्छ। यी चराहरू हिमाली भेगमा आठ महिनासम्म बस्छन् र त्यहाँ पूरै हिउँ परेर खानेकुराको अभाव भएपछि तलतिर जान्छन्।
स्तनधारीतस्वीर कपीराइटADRIÀ LÓPEZ BAUCELLS
Image captionब्रजिलको मानौसमा आद्रिया लोपेज बौसेल्सले खिचेको यो तस्बिरमा पेटमा बच्चा राख्ने थैली भएको एउटा अज्ञात स्तनधारी जीव उफ्रिएको देखिन्छ।
भालुतस्वीर कपीराइटIAN STONE
Image captionइअन स्टोनले क्यानडाको हड्सन बेमा खिचेको यो तस्बिरमा हिउँ झार्दै हिँडिरहेको पोलर बेअर अर्थात् ध्रुवीय भालु देखिन्छ। तस्बिर खिच्नुभन्दा अघि आएको हिउँआँधीका कारण भालुसहित उक्त क्षेत्र हिउँमा दुई घण्टा पुरिएको थियो।
हमिङबर्डतस्वीर कपीराइटKRISTHIAN CASTRO
Image captionक्रिस्टिएन क्यास्ट्रोले कोलम्बियामा सूर्यास्तका बेला खिचेको हमिङबर्डको तस्बिर। यो वर्गका चराहरू एक सेकन्डमा ७५ चोटि आफ्नो पखेटा चलाउन सक्छन्।
सिकारसँग बाघतस्वीर कपीराइटAMOGH GAIKWAD
Image captionअमोघ गायकवाडले वर्षको युवा फोटोग्राफर उपाधिका लागि बुझाएको यो तस्बिरमा बाघको एउटा १५ महिने डमरु सिकारपछि
जलेवातस्वीर कपीराइटCARLOS PEREZ NAVAL
Image captionयुवा फोटोग्राफर उपाधिका लागि कार्लोस पेरेज नाभालले बुझाएको यो तस्बिरमा स्पेनको स्यूदाद रेआलमा झगडा गरिरहेका दुइटा सेताटाउके जलेवा देखिन्छन्।

तस्बिरको सर्वाधिकार माथि उल्ललिखित फोटोग्राफरसँग सुरक्षित

#BBC


ताजा खबर