भारत र चीनबीचको सीमा विवादको मध्यस्थता गर्ने अमेरिकी राष्ट्रपतिको प्रस्ताब

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र्म्पले भारत र चीनबीचको सीमा विवादमा मध्यस्थता गर्न तयार रहेको बताउनुभएको छ । अमेरिकी राष्ट्रपतिको प्रस्ताव लगत्तै चीनले भारतसँगको सीमा विवाद सामान्यतया स्थिर र नियन्त्रणमा आउन लागेको प्रतिक्रिया जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार सामाजिक सञ्जाल ट्वीटरमा भारत र चीनबीच पछिल्लो पटक देखिएको सीमा विवादको मध्यस्थता गर्न अमेरिका तयार, इच्छुक र सक्षम रहेको बताउनुभएको छ । उहाँले दुबै राष्ट्रलाई अमेरिकी मध्यस्थताबारे जानकारी गराएको दाबी समेत गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपतिको प्रस्ताब लगत्तै चिनियाँ विदेश मन्त्रालयले दैनिकरुपमा आयोजना गर्ने पत्रकार सम्मेलनमा प्रवक्ता जाओ लिजानले सम्बन्धित निकाय दुबैतर्फका अग्रपंक्तिका सैन्य इकाई र दूतबाससँग छलफलमा रहेको प्रतिक्रिया दिनुभयो । उहाँले परस्पर सञ्चार र छलफलबाट सीमा क्षेत्रमा शान्ति र स्थिरताका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।

भारतीय अखबार हिन्दूस्तान टाइम्सको अनलाइन संस्करणका अनुसार उत्तरी लद्दाखको चार विभिन्न स्थानमा भारतीय र चिनियाँ सेनाबीच विवाद देखिएको छ । हिन्दूस्तान टाइम्स


ताजा खबर