लकडाउनमा टर्की : ‘त्यहाँका नेपालीको अवस्था र डा.साहको सहयोग’ (भिडियो सहित)

कोभिड-१९ कोरोना भाईरसको माहामारीका कारण विश्व लकडाउनमा रहेको यो समयमा टर्कीपनि लकडाउनमा रहेको छ।  बैदेशिक रोजगारीमा नेपालबाट टर्की गएका नेपालीहरु पनि लकडाउनका कारण शंकटपूर्ण अवस्थामा रहेका छन् ।

महामारी लकडाउन र शंकटको यो घडिमा टर्कीमा स्थापित नेपाली चिकित्सक डा. बिनोद कुमार साहले नेपाली कमदारहरुलाई राहत सहित साहारा दिनु भएको छ ।  कोरोना कहरका कारण रोजगारी गुमाएका एक हजारको हाराहारीमा रहेका नेपाली कामदारहरुलाई डा. साह नेतृले त्वको टर्की नेपाल फ्रेण्डसिप एण्ड कल्चर एशोसिएसनले राहत प्रदान गरेको हो।

लक डाउनका कारणले धेरै नेपालीहरु काम बिहिन भएको अवस्था छ । कम गर्न नपाएपछि कमाई नभएर खान बस्न समेत समस्या भएको छ । नेपालमा पनि लकडाउन भएका कारण परिवारबाट पनि सहयोग पठाउन सक्ने अवस्था छैन । घरभाडा समेत तिर्न नसकेपछि घरबाहिर आउनुपरेको अवस्थामा नेपालीहरु पुगेका छन् । यो बिषम परिस्थितिमा उनीहरुलाई कुनै संघ संस्था वा सकारका तर्फबाट कुनै किसिमका सहयोग नभएको अवस्थामा डा.साहले राहत बितरण गरी सहयोग गर्नुभएको टर्कीमा हस्पिटालिटी क्षेत्रमा स्थापित भइसकेका एकजना भक्तपुरका युवा उमेश लामिछाने (उमेश जफर) ले सफल नेपाललाई बताउनु भएको छ ।

टर्कीमा लामो समयदेखी बस्दै आएका र स्थापित भएका नेपालीहरुको एसोसिएसनले यो कोरोनाको कहरको समयमा मानविय भावनाले सहयोग गरेको डा.साहले सफल नेपाललाई बताउनु भएको छ । एसोसिएसन मार्फत हालसम्म ६० हजार टर्किस लिरा १५ लाख नेपाली  रुपैंया बराबरको राहत बितरण गरिसकेको समेत उहाँले जानकारी दिनुभएको छ ।

टर्कीमा रहेकी नेपालकी अनररी कन्सुल प्रोफेसर फात्मा गुन्सेली माल्कोचको संयोजकत्वमा डा.बिनोद कुमार साहको नेतृत्वमा उमेश जफेर, निशा सापकोटा र नगेन्द्र चौलागाई सहितको एउटा कमिटी बनाएर राहत तथा उद्धारका काम थालिएको उहाँले बताउनुभयो । राहतमा घरभाडा तिरिदिने देखी खाद्यान्न तथा आश्रयको ब्यवस्था समेत गरिएको र टर्कीका उद्योगि ब्यवसायि तथा बिशिष्ट ब्यक्तिहरुलाईपनि यस सहयोग तथा राहत अभियानमा समेटेर लकडाउन अवधिभरी यसलाई निरन्तरता दिइने समेत डा.साहले जानकारी दिनुभएको छ ।

विदेशी भुमिमा कष्टकर अबस्थामा रहेका नेपालीहरुलाई  हातमा हात र काँधमा काँध मिलाएर साथ दिनुहुने टर्कीमा हस्पिटालिटी क्षेत्रमा स्थापित भएर ब स्नुभएका नेपाली युवा उमेश जफर तथा टर्कीमा सहयोगि सबैमा हार्दिक धन्यवाद र आभार समेत ब्यक्त गर्नुभएको छ ।

पूर्ण रुपमा काम बिहिन भएर स्तानबुलमा रहेका हामी एक हजार नेपालीलाई यस बिषम अवस्था सहयोग गर्न पाँउदा खुशी लागेको उमेश जफरले सफल नेपाललाई बताउनुभएको छ ।

राहत पाएका एक जना युवा पासाङ शेर्पाले  परदेशमा संकटमा रहेका बेला राहत नपाएको भए जिवन समेत जोगाउन मुस्किल रहेको र मनबाट सहयोग गर्ने नेपालीहरुको भूमिकाबाट प्रभावित भएको बताउँदै हार्दिक धन्यवाद दिएका छन् ।

राहत  पाएका एकजना युवा उदय कार्कीले  पनि टर्की नेपाल फ्रेण्डसिप एण्ड कल्चर एशोसिएसनले कोरोनाको कहरले वैदेशिक रोजगारमा टर्की आएका नेपाली  दाजुभाइ तथा दिदिबहिनीको काम गर्न नपाएका दैनिक हातमुख जोड्ने सम्म अवस्था नरहँदा घरभाडा समेत तिरिदिएर खाने ब्यवस्था समेत सहज गरी ठुलो गुण लगाएको  बताएका छन् । उनले सहयोग गर्ने डा.साह र उहाँको टिमलाई धेरै धेरै धन्यबाद दिँदै आउने दिनहरुमा पनि सहयोग निरन्तर पाउने आशा राखेको बताएका छन्।

डा. बिनोद कुमार साह को हुन ?

आंकारास्थित निजी पेडियाट्रिक क्लिनिकमा बालिकासँग डा. बिनोद कुमार साह

सिराहाको गोलबजारमा जन्मनुभएका डा. साहले बिराटनगरको सेन्ट जोसेफ हाईस्कुलबाट एसएलसी गर्नुभएको हो । आइएस्सी काठमाडौंको अमृत साइन्स क्याम्पसबाट गर्नुभएको हो । उहाँ सन २००० मा शिक्षा मन्त्रालयको मेरिट लिस्टमा परि फुल स्कलरसिपमा छनौट भई टर्कीको आंकारा बिश्वबिद्यालय जानुभएको थियो । आंकारा बिश्वबिद्यालय बाटएमबिबिएस गरी टर्कीकै हेजितेप्पे बिश्वबिद्यालयबाट बालरोग बिषयमा बिशेषज्ञता हाँसिल गरी पुन आंकारा बिश्वबिद्यालयबाट नै नबजात शिशु बिशेषज्ञका रुपमा रेजिडेन्सी गर्नुभएको छ ।  डा.साहले सन २०१५ मा ट्रकीका राष्ट्रपतिबाट डक्टर अफ दि ईएर २०१५ बाट पनि सम्मानित भइसक्नु भएको छ । उहाँले सन् २०१६ मा नेपाल आएर ग्राण्डि अन्तर्राष्ट्रिय अस्पतालको बालरोग तथा नवजात शिशु बिभागका प्रमुखका रुपमा समेत काम गरिसक्नु भएको छ । हाल उहाँ आंकारामा  नीजि क्लिनिक संचालन गरिरहनुभएको छ ।

लकडाउनका समयमा राहत पाएपछि धन्यवाद व्यक्त गर्दै टर्कीका नेपालीहरुः

सफल नेपाल परराष्ट्र व्युरोको सहयोगमा तयार पारिएको । 

 


ताजा खबर