चीनमा थप ५१ जना कोरोनाभाइरसबाट सङ्क्रमित

चीनमा थप ५१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीटीआईका अनुसार सङ्क्रमित भएकामध्ये अधिकांश कोरोनाभाइरसको उद्गमस्थल मानिएको वुहानका रहेको जनाइएको छ । त्यस ठाउँमा पछिल्लो १० दिनमा ६० लाख मानिसको स्वास्थ्य परीक्षण गरिएको छ ।

सरकारी स्वास्थ्य अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार अहिले थपिएका ११ जना सङ्क्रमितको विवरण आइतबार नै आएको थियो । ती ११ जनामध्ये १० जना मङ्गोलिया स्वशासित क्षेत्र र एक जना सिचुवान प्रान्तमा रहेको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । पूर्णरुपमा कोरोनाबाट सङ्क्रमित हुन बाँकी रहेका तर शङ्कास्पद अवस्थाका अरु ४० जनामध्ये ३८ जना वुहानका रहेका छन् ।

चीनमा अहिले कुल ३९६ जना यस्तै प्रकारका बिरामी उपचाररत अवस्थामा रहेको अधिकारीहरूले जानकारी दिएका छन् । तीमध्ये ३२६ जना त वुहानमा मात्रै रहेका छन् । यस्ता शङ्कास्पद भनिएको बिरामीहरूलाई स्वास्थ्य परिक्षण गर्दा कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि हुन्छ, तर लक्षणहरू भने नहुने गरेको अधिकारीहरूको भनाइ छ । तर पनि उनीहरूलाई कोरोनाभाइरसबाट सङ्क्रमितलाई झैँ नै व्यवहार गर्ने गरिन्छ ।

वुहानमा यसअघि जनवरी र मार्च महिनामा मात्रै ५० हजारभन्दा बढी सङ्क्रमित भएको पाइएको थियो । सिन्हवा


ताजा खबर