नेकपा सचिवालय बैठकमा ‘एमसीसी’बारे छलफल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा संविधान संशोधन र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अपराह्न बसेको अनौपचारिक बैठकमा संविधान संशोधनको गृहकार्य, हालै जारी गरिएको नयाँ नक्सापछिको राजनीतिक अवस्था, आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटलगायत समसामयिक विषयमा छलफल भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सो अनौपचारिक बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका थिए ।

बैठकमा एमसीसी अध्ययन कार्यदलका तर्फबाट पार्टीका स्थायी समिति सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आ–आफ्ना भनाइ राखेको प्रवक्ता श्रेष्ठले बताए ।

नेकपाले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा एमसीसी अध्ययनका लागि कार्यदल बनाएको थियो । रासस


ताजा खबर