जिवन बचाउनेहरु …

  • त्रिभुवन ढकाल

भोक र भोजन​

निन्द्रा र बिछ्यौना

थकान र विश्रामको

मध्यविन्दुमा उभिएकाहरु

मृत्युले काख च्याप्नै लागेकाहरुमा

प्राण भरेर जिवन फर्काउनेहरु

मानौ

उनीहरु त्यसैका लागि हुन​

अनेक पाटाहरु छुटेर आएजस्तो

उनीहरु कुनै ईश्वर होइनन​

उनीहरुलाई देवत्वको कुनै आशा छैन​

उनीहरुलाई प्रतियोगिताको ताज पनि पहिरिनु छैन​

उनीहरुलाई स्वार्णिम अक्षरले अमरता लेखाउनु पनि छैन​

उनीहरु कुनै सिपाहि होइनन​

तर लडिरहन्छन​

हो

महाभारतका अश्विणीकुमार यिनै हुन​

रामायणका सुषेन यिनै हुन​

युद्द न महामारी

जिवन र मरणको संग्राममा उभिएर​

जिवन फर्काउने फ्लोरेन्स नाइटिङ्गेलहरु यिनै हुन​

हो

संजिवनी बुटीको पर्वत उठाउने हनुमान यिनै हुन​

केवल बचाउनका निम्ति

उनीहरुले मृत्युभूमिमा जिवनको आवश्यकता देखे

महामारीमा साहाराका अन्तिम लाठी बने

किल्लामा लड्नेहरु त अमर भ​ए

के अस्पतालमा लड्नेहरुको गित कसैले गाउँदैनन्??

ढकाल हाल अष्ट्रेलियाको मेलवर्नमा हुनुहुन्छ ।

ताजा खबर