दक्षिण कोरियासंग खाएको १६ भन्दा कम गोलमा रोक्न सक्ला अस्ट्रेलियालाई नेपालले

नेपालले आयोजक अस्ट्रेलियासंग उनीहरुको घर क्यानवेरामा विहीवार विश्वकप फुटबलको एसियाली छनोटमा प्रतिस्पर्धा गर्दा कम भन्दा कम गोल खाने नीति बनाएको जनाएको छ।

आयोजक अस्ट्रेलियाको पनि नेपालसंग हार्ने कुनै योजना छैन।

बरु वढी भन्दा वढी गोल गरेर कतार विश्वकप यात्रा नजिक पुग्न चाहन्छ।

अस्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्डले घोषणा गरिसकेका छन् की उनीहरु नेपाल विरुद्ध आक्रमक खेल्नेछन् र वढी भन्दा वढी गोलको प्रयास गर्नेछन्।

स्मरणिय यो पनि छ की अन्तर्राष्ट्रिय फुटबल इतिहासमा अस्ट्रेलिया, नेपालले सामना गर्न लागेको अहिलेसम्मको सबैभन्दा उच्च वरीयताको प्रतिद्धन्दी हो।

नेपाल हाल विश्व वरीयतामा १६१ औं स्थानमा छ भने अस्ट्रेलिया त्यो भन्दा ११७ स्थान माथि ४४ औं वरीयतामा छ।

त्यसैले कतिपयको डर छ, के नेपालले अन्तर्राष्ट्रिय फुटबलमा विगतमा खाएको सबैभन्दा वढी १६ भन्दा वढी गोल खाने पो हो की !

इतिहास खोतल्दा भेटिन्छ, नेपालले दक्षिण कोरियासंग १६-० र चीनसंग ब्यहोरेको १२-० को हार अहिलेसम्मको उच्च गोल खाएको नराम्रो कीर्तिमान हो।

विश्वकपको शुरुआत मा नै कुवेतसंग ७-० ले हार ब्यहोरेको कतिपय फुटबल समर्थकमा यस्तो संशय जाग्न सक्छ । त्यही कुवेतलाई अस्ट्रेलियाले ३-०ले हराइसकेको छ।

तर फुटबल विज्ञहरु भन्छन् – “समय फेरिएकोले जस्तोसुकै प्रतिद्धन्द्वी भएपनि अब १६ भन्दा वढी गोल खाने दिन नेपाली फुटबलमा नआउला।”


ताजा खबर