मूर्ति बनाउन सर्लाही देखि काठमाडौं सम्म, मूर्ति बनाएर मधेश र पहाड जोड्दै

सर्लाहीका विभिन्न स्थानमा दुर्गा पूजाका लागि ठूलठूला पंडाल बनाइएका छन्। घटस्थापनाको दिनदेखि त्यहाँ नौ रातसम्म जाग्राम बसेर देवी दुर्गा भगवतीको आह्वान गरिन्छ। पंडालमा देवी दुर्गाले महिषासुरको बध गर्दै गरेका ठूला मूर्तिसहित विभिन्न देवी देवताका स्वरुपहरु राखिएका छन्। मधेशभर अहिले दुर्गा पूजाको रौनक छ।

यता, काठमाडौंमा पनि पंडाल बनाएर दुर्गा पूजा गर्ने प्रचलन बढ्दै गएको छ। कमलपोखरी, कालिमाटी, गौरीघाट लगायतका स्थानमा धेरैवर्ष अगाडि दुर्गाको मूर्ति स्थापना गरेर पूजा गर्ने प्रचलन सुरु भएको थियो। त्यसको निरन्तरता स्वरुप अहिले उपत्यकाका विभिन्न स्थानमा दुर्गा पूजा आयोजना हुँदै आइरहेको छ। टेकु दोभानमा आयोजना भइरहेको ‘जय माता दी दुर्गा पूजा’ मा मात्रै यसपटक करिब चार लाख भक्तजन आउने विश्वास गरिएको छ। अहिले सबै पंडालहरुमा दुर्गा भवानीको मूर्ति स्थापना भइसकेको छ। पूजाका लागि मूर्ति बनाउने काम चाहिँ मधेशबाट आएका नेपालीहरुले नै गरेका हुन्।

आफ्नै गाउँमा भव्य रुपमा मनाइने पर्व छोडेर उनीहरु काठमाडौंमा लगाइएका पंडालहरुको शोभा बनाउन जुटेका हुन्। अर्डर अनुसार मूर्ति बनाएर त्यसमा रंग भरेर पंडालमा लगेर ‘फिटिङ’ गरिदिनेसम्मको काम उनीहरुले नै गर्छन्। मूर्ति बनाउने धेरैजसो काम भने कुपण्डोलस्थित वाग्मती नदी किनारमा हुन्छ।

पहाडले मधेशमा भव्य रुपमा पंडाल लगाएर मनाइने दुर्गा पूजाको संस्कृतिलाई ग्रहण गरे पनि शहरले पूजाको नियमहरु पालना गर्न नसकेकोमा उनको विमति छ।

‘हाम्रो गाउँमा नियमपूर्वक हुन्छ। यहाँ त घटस्थापनाको दिनमा नै देवीको आँखा खुल्ला गरेर विराजममान गरिदिन्छ। मधेशमा विधिपूर्वक सप्तमी (फूलपाती) का दिन मात्रै देवीको आँखा खोल्ने गरिन्छ,’ उनले भने, ‘यदि मनबाट नै पूजा गर्ने हो भने नियमपूर्वक पूजा गर्नुपर्छ। यहाँ अलि फेसन जस्तो भयो।’

महिषासुरलाई सप्तमीको दिन दुर्गा भवानीले मारेको हुनाले सो दिन मूर्तिको आँखा खोल्ने परम्परा रहेको छ।

अरुण पनि अरु जस्तै मूर्ति बनाउने सिजनमा मात्रै काठमाडौं आउँछन्। गाउँमा हुँदा सरस्वतीका साथै महाजगका लागि मूर्ति बनाउने काम गर्छन्। अरु बेला खेती गर्छन्। तर, काठमाडौंमा आएर मूर्ति बनाउन उनलाई सन्तोष मिल्छ। दशैंमा दुर्गा भवानीले काठमाडौं र मधेशबीच भाइचार विकास गराएको उनको बुझाइ छ।

भने, ‘यहाँ आएर काम गर्दा रमाइलो लाग्छ। आउने काम गरेन भने कसले बनाउँछ? गाउँमा सबैले उतै मूर्ति बनाउन आउ भन्छन्। यहाँकाले यहाँ बनाउन बोलाउँछन्। काठमाडौंमा वर्षै पिच्छे आउने भएकाले यहाँका चिनेकाले भाइजस्तै व्यवहार गर्छन्। यसरी सबै देवताको मूर्ति राखेर पहाडमा पूजा हुँदैन। मधेशमा हुने यस्तो पूजाले पहाड र मधेशबीच भाइचार बढाएको छ।’

सप्तमीको दिन दुर्गाको आँखा खोलेपछि दशमीको दिन दर्गा भवानीलाई नजिकैको नदीमा लगेर बिसर्जन गर्ने गरिन्छ। मधेशमा विजया दशमीका दिन टीकासँथै जौ र जलले कपालमा बाध्ने परम्परा रहेको उनले बताए।

भने, ‘पहाड र तराईमा सबै कुरा उस्तै हो। पूज्ने देवी दुर्गा नै हो। तरिका अलिअलि मात्रै फरक हो नि। तर, जे फरक भए पनि यी सबै परम्पराहरु हाम्रो आफ्नै हुन्।’

 


ताजा खबर