‘नयाँ बर्ष २०७७’ : शोभा देवी सिलवाल

घुमिफिरी २०७७ आयो नयाँ बर्ष !

न कसैमा जोश जाँगर, न कसैमा हर्ष !!

बसन्तको हरियाली सबै फिक्का भयो !

मर्ने बाँच्ने टुङ्गो छैन, रहर कोरोनाले खायो !!

लक डाउनको जिबन त जेलै समान रैछ !

घण्टा घण्टा बिताउनलाई धेरै मुस्कील  भैछ !!

खायो सुत्यो लक डाउनमा प्रेसर, सुगर बढ्छ !

मनमा पिर धेरै पर्दा,  हार्ट अट्याकको डर छ !!

धन्यवाद छ इन्टरनेटको आविष्कार लाई !

राहत भाछ लक डाउनका जनतालाई बाई !!

आफ्ना आफ्ना छिमेकमा भोका नाङ्गा हेरी !

जति सक्छौं सहयोग गरौं हात माथि पारी !!

यो बिपतमा देशमा हाम्ले सहयोग गर्नु पर्छ !

काँधमा काँध मिलाएर अघि बढ्नु पर्छ !!

काला बजारी गर्नेहरु किन लोभ गर्छौ !

कोरोनाले धन भन्दैन रोग लागे के गर्छौ !!

सुन चाँदि हिरा मोती के नै रहेछ र ?

अन्न दिने किसानलाई सबले सम्मान गर !

भोक लाग्दा खाना मिल्दो रहेनछ सुन !

ज्यान बचाउन चाहिँदो रहेछ अन्न र नुन !!

खान हुन्न सुँन चाँदि थुपारेर के काम !

किसानको पसिनालाई दिँउ हाम्ले इनाम !!

अहिले हाम्लाई गाँस, बास भन्दा के चाहिएको छ र ?

सहयोगी हातहरु, सहयोग गर्न अघि बढ !!

नयाँ सालको सबै जनालाई शुभकामना !

यति भन्दै बिदा हुन्छु यहि छ मेरो चाहना !!


ताजा खबर