कोरोना विरुद्ध राष्ट्रकविको सचेतना र स्यावासी सहितको भिडियो सन्देश

कोभिड १९ कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त भएका बेला माधब प्रसाद घिमिरेले सचेतना सहितको स्यावासी सन्देश दिनुभएको छ । नेपालमा पनि सरकारले लकडाउन गरेको र स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाईकर्मीहरु अहोरात्र सेवामा रहेको अबस्था छ ।

यस बिषम अवस्थामा अग्र पङ्तिमा रहेर आफ्नो जीवनलाई समेत जोखिममा राखेर कामगर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाईकर्मी लगायत सबैलाई राष्ट्रकविले स्यावासी दिनुभएको छ ।

साथमा उहाँले हामी सबैलाई राज्यले लिएको लक-डाउनको नितिलाई पालन गरेर घरमै सुरक्षित रहन समेत आग्रह गर्नुभएको छ ।

उहाँको भिडियो सन्देश यस्तो छ ।

भिडियोकालागि राष्ट्रकविका जेष्ठ सुपुत्र इन्दिवर घिमिरे ज्यू तथा परिवारजनमा हार्दिक आभार ।


ताजा खबर