‘बताऊ न, को रानी हौं तिमी ? ‘ : धनमायाँ राईको ‘कोभिड कविता’

वृद्धदेखि आज बालसम्म

सम्पन्नदेखि अनिकालसम्म

ट्रम्पलगायत मोदीलालसम्म

विश्व चकित छ मान्दै अचम्म

गाली दिँदैछन् अनेकथरीभनी

बताऊ न को रानी हौ तिमी?

 

सबै सबैको मनमा छाउने

त्रासदीपूर्ण भुइँचालो ल्याउने

नातावाद र पैसामा नबिक्ने

उचनीच सारा समान देख्ने

रोइरहेछ्न् डराइ पश्चिमी

बताऊ न को रानी हौ तिमी?

 

यौवनको मात सार्दै हिड्ने

छुनासाथ त्यसैलाई मार्दै हिँड्ने

कुन हो अवतार लिएको कलीले

भगाउन सकेन शक्तिशालीले

काम्दै चिच्याउँदै छिन् मातृभूमि

बताऊ न को रानी हौ तिमी?

 

भुइँचालोको घाउ आलैछ दिलमा

दुखैदुख छ नआउनु नेपालमा

जनता झुपडी,कोही छौँ त्रिपालमा

जुटेका छौँ सर्कार सघाउनमा

नआऊ दुखाउन गरी मनमानी

बताऊ न को रानी हौ तिमी?

 

कबयत्री राई पानीट्याँङ्की मावि रातमाटा सिन्धुलीकी शिक्षिका हुन्  ।


ताजा खबर