‘कोरोना तिमीलाई बाई बाई छ’ : शोभादेवी शिलवाल

सुन्नुहोस दिएर चित्त ।

यो कोरोना भाईरसको कबिता ।।

१९ को डिसेम्बरमा यस्को जन्म भयो ।

चाइनाको उहान शहर जन्मस्थल रह्यो ।।

चाईना बाट जहाज चढी देश बिदेश गयो ।

ब्रम्हाण्डनै सबै यसको आधिपत्य भयो ।।

चाईना पछि कोरिया र इटाली हुँदै ।

पूरै विश्व बसेकाछन् इश्वर सम्झी रुँदै ।।

मानबजनलाई लकडाउनगरी भित्र  थुनि दियो ।

यो ब्रम्हाण्ड आफ्नो मात्र यसले सोचि लियो ।।

शक्तिशाली मै हुँ भन्ने यूरोप अमेरिका   ।

यो बिश्व नै लागी रहेछ यस्को अघि फिक्का ।।

शक्तिशाली राष्ट्र सबलाई घुँडा टेकाई दियो ।

मानबको घमण्डलाई यसले तोडी दियो ।।

धनि, गरिब, राजा, प्रजा केहि भन्दैन यस्ले ।

आफ्ना जन्ता सुरक्षित पारौं आफ्नो आफ्नो देशले ।।

साबुन पानीऽ सेनिटाइजर मास्क लगाएर ।

सुरक्षित बसौं सबै कोरोना भगाएर ।।

हामीलाई परेछ पिर ।

ए कोरोना नेपाल नछिर ।।

नेपालमा नि प्लेन चढी यो कोरोना आयो ।

८ – १० जना थाहा भयो , अरु कतिलाई लाग्यो ।।

भारतको सिमा खुला हामिलाई डर लाग्छ ।

यतैबाट यो कोरोना देशमा पसि राछ ।।

कोरोनालाई बाईबाई गरौं हामी सबै मिली ।

त्यसपछि आफैं बन्छ यो देश झिलिमिली ।।

हातमा घडी गलामा टाई छ ।

ल कोरोना तिमीलाई बाई बाई छ ।।


ताजा खबर