कोरोना संक्रमणबाट विश्वभर ६४ हजारभन्दा बढीको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट विश्वभर ६४ हजारभन्दा बढीको मृत्यु भएको छ भने झन्डै १२ लाख मानिस संक्रमित भएका छन् ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार कोराना भाइरसको केन्द्रबिन्दु बनेको अमेरिकामा मृत्यु हुनेको संख्या आठ हजार चार सय नाघेके छ भने संक्रमितको संख्या तीन लाख आठ हजार नाघेको छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा मात्रै गत २४ घण्टाभित्र छ सय ३० जनाले ज्यान गुमाएका छन् । यो सँगै न्युयोर्कमा मात्रै भाइरस संक्रमणबाट तीन हजार पाँच सय ६५ जनाले ज्यान गुमाएका छन् ।

यसैबीच, कोरोनाको संक्रमण तिब्र बन्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाबिरुद्ध लड्न ठूलो संख्यामा सेना तथा स्वास्थ्यकर्मी परिचालन गरिने बताउनु भएको छ । न्यूयोर्कमा तत्कालै थप एक हजार सेना परिचालन गरिने उहाँले बताउनु भएको छ ।

शनिबार ह्वाइट हाउसबाट बोल्दै अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना संत्रमणका कारण अझै ठूलो संख्यामा अमेरिकीको ज्यान जाने भन्दै चिन्ता व्यक्त गर्नु भएको छ ।

यसैगरी, इटलीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ हजार तीन सय नाघेको छ भने स्पेनमा झन्डै १२ हजारले ज्यान गुमाएका छन् ।

यसैगरी, फ्रान्समा सात हजार पाँच सयभन्दा बढीले कोरोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने वेलायतमा चार हजार तीन सयभन्दा बढीको मृत्यु भएको छ । रोयटर्स


ताजा खबर