‘तिमी अली परै बस’ : श्याम तमोट

तिमी अलि पर बस,केहि दिन  घरमै बस

म अलि वरै बस्छु, केहि दिन घरमै बस्छु 

भलाइको लागि नै हो

तिमी अलि परै बस ।

 

उनीहरु खटिरहेछन् हाम्रो खुशीको लागि

उनीहरु डटिरहेछन् हाम्रो जीतको लागि

सम्मानमा उनीहरुको 

तिमी अलि परै बस ।

 

आफैंलाई  भुलिरहेछन्, हाम्रो जीवनको लागि

मृत्युसँग खेलिरहेछन् मानबताको लागि 

सृष्टि जोगाउनु छ अहिले 

तिमी अलि परै बस , केहिदिन घरमै बस

म अलि वरै बस्छु , केहिदिन घरमै बस्छु

भलाइको लागि नै हो

तिमी अलि परै बस ।

 


ताजा खबर