कोरोनाविरुद्ध भारतमा लगाएको ‘जनता कर्फ्यू’ दक्षिण एसियामै उदाहरणीय

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा लागू गरेको ‘जनता कर्फ्यू’ दक्षिण एसियाकै उदाहरणीय बनेको छ ।

कोरोनाविरुद्ध लड्न प्रधानमन्त्री मोदीले भारतमा लगाएको जनताको कर्फ्यू एसियाली अन्य मुलुकमा पनि लोकप्रिय बन्दै गएको हो ।

भारतपछि नेपालमा समेत जनता कर्फ्यू जस्तै गरी सरकारले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरेको छ ।

जनता कफ्र्यु बंगलादेशमा पनि लागू भइसकेको छ । प्रधानमन्त्री मोदीले आइतबार बिहान ७ बजेदेखि साँझ ९ बजेसम्म सवै नागरिकलाई अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्किँन आग्रह गर्दे जनता कर्फयु लागू गरेका थिए ।

यसको पालना प्रत्येक जनताले स्वतः स्र्फुत गर्नुपर्ने भएकोले यसलाई यसलाई जनता कर्फयु भनिएको हो ।

नेपाल र वंग्लादेशका सरकारहरुले पनि यसै गरी आफ्ना नागरिकहरुलाई अत्वाश्यक अबस्थाबाहेक घरबाहिर आवतजावत नगर्न आग्रह गरेको हो ।


ताजा खबर