प्रधानमन्त्री केपी शर्मा ओली: ‘आचरण बिगार्नेलाई म सहन्नँ’

प्रधानमन्त्री केपी शर्मा ओलीले आचरण बिगार्ने जोकोहीले कारबाही भोग्नुपर्ने बताएका छन्।

यौन दुर्व्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले राजीनामा दिनुपरेको घटनाबाट नेपालको राजनीतिक वृत्त तरङ्गित भएका बेला प्रधानमन्त्री ओलीको भनाइ आएको हो।

तर प्रधानमन्त्री ओलीले कसैको नाम लिई भने, “चाहे ठूलो होस् वा सानो, आचरण बिगार्ने कुरा सह्य हुँदैन।”

महरालाई प्रहरीले पक्राउ गरेको भोलिपल्ट गृहजिल्लाको दमकमा सोमवार आयोजित दशैँ शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले आचरण ठिक नहुनेमाथि कारबाही गरिने बताएका हुन्।

प्रधानमन्त्री ओलीले भने, “कसैको आचरणमा तलमाथि पर्‍यो भने त्यो म सहन्नँ। ठूलो र सानो भन्ने कुरा हुँदैन। ठूला सानाको मतलब छैन। आचरण तथा व्यवहारको मतलब छ।”

सञ्चारमाध्यमबाट यौन दुर्व्यवहारको आरोपबारे समाचार सार्वजनिक भएपछि सत्तारूढ दल नेकपाले उनलाई पदबाट तत्काल राजीनामा गर्न सुझाव दिएको थियो।

ओली

त्यसपछि घटनाबारे निष्पक्ष छानबिन गर्न सजिलो होओस् भन्दै उनले सभामुख पदबाट राजीनामा दिएका थिए। उनले आफूमाथि लागेको आरोपको खण्डन गर्ने गरेका छन्।

अदालतको अनुमतिपछि आइतवार साँझ प्रहरीले उनलाई बालुवाटारस्थित निवासबाट पक्राउ गरेको थियो।

#बीबीसी


ताजा खबर