भारतमा निर्भया सामूहिक बलात्कारका दोषी चारै जनालाई मृत्युदण्ड

भारतले सन २०१२ मा राजधानी नयाँ दिल्लीमा भएको एक बलात्कारको घट्नामा संलग्न ४ अभियुक्तलाई फाँसी लगाएर मृत्युदण्ड दिएको छ ।

राजधानी दिल्ली नजिक रहेको तिहाड जेलमा आज बिहान मृत्यु दण्ड दिइएको, भारतिय सञ्चारमाध्यमले जनाएको छ । मृत्युदण्ड दिनु अघि तिहाड जेल अगाडि खुसियाली मनाउन जम्मा भएको भिड नियन्त्रण गर्न हजारौँको संख्यामा प्रहरी तैनाथ गरिएको थियो ।

सन २०१२ को डिसेम्बर १६ मा भएको उक्त बलात्कारको घट्ना पछि भारत लगायत श्विभर प्रदर्शनहरु भएका र भारतमा महिलाहरु सुरक्षित नभएको भनेर तत्कालिन भारतिय सरकारलको आलोचना पनि भएको थियो ।भारतको कानुन अनुसार पिडितको नाम सार्वजनिक गर्न नपाइने भए पछि उक्त घट्नाका पिडित महिलालाई भय नभएको भनेर निरभया नाम दिइएको थियो । एआइएन


ताजा खबर