माधव नेपालले मनाए ६८ औं जन्मदिन : परिवारका सदस्यहरुको जमघट,चन्द्रागिरीमा केक काटे

नेकपाका बरिष्ठ नेता तथा पूर्ब प्रधानमन्त्री माधव कुमार नेपालले शुक्रबार काठमाडौंको चन्द्रगिरीमा केक काटेर आफ्नो ६८ औं जन्मदिन मनाएका छन् ।

नेकपाका बरिष्ठ नेता नेपालको जन्म दिनमा परिवारका सदस्यहरुको मात्र जमघट रहेको नेता नेपालकी कान्छी बहिनी बसुधा पोखरेलले अनलाइनखबरलाई बताइन् ।

बर्थडे मनाउन माधव नेपाल, पत्नी गायत्री आचार्य, कान्छी बहिनी बसुधा पोखरेल, बहिनी ज्वाइँ कैलाशराज पोखरेल, छोरी डा. सुमन नेपाल, ज्वाइँ डा. विशाल पाण्डे, भाइ बिनोद, सरोज र इन्दिरा नेपाल लगायत केबुलकार चढेर चन्द्रागिरी पुगेका थिए ।
पूर्वप्रधानमन्त्री नेपाल शुक्रबारदेखि ६८ वर्ष लागेका छन् । उनी प्रधानमन्त्री केपी ओली भन्दा एक वर्ष कान्छा हुन् ।

स्मरणिय छ, नेकपाले जन्मोत्सव पास्नी आदिमा परिवारका सदस्यमात्रै सहभागी हुने आचार संहिता जारी गरेको छ ।

सफल नेपाल


ताजा खबर