पत्रकार कुमार भट्टराई लिखित ‘अश्वत्थामा’ पुस्तकको परिचर्चा कार्यक्रम सम्पन्न

झापाका पत्रकार कुमार भट्टराईद्वारा लेखिएको यस वर्षको बहुचर्चित पुस्तक अश्वत्थामा पुस्तकको परिचर्चा कार्यक्रम सिन्धुलीमाढिमा सम्पन्न भएको छ ।

जनसेवा पुस्ताकालयको आयोजना तथा सफल स्टेशनरीको व्यवस्थापनमा सम्पन्न भएको पुस्तक परिचर्चा कार्यक्रममा सहभागिहरुले पुस्तकले प्रस्तुत गरेका फरक विषयवस्तु र पुस्तक पढ्दा उब्जीएका विभिन्न जिज्ञाहरुका विषयमा लेखक सँग अन्र्तक्रिया गरेका थिए भने लेख भट्टराईले पुस्तक लेखनिको आरम्भ विन्दु देखि पुस्तक प्रकाशन सम्मका आरोह अवरोह तथा लेख्नु पर्नाका कारण बारे प्रकार पारेका थिए ।

पुस्तक परिचर्चा कार्यक्रममा भाग लिदै सागर कुमार ढकालले पुस्तकले महाभारत कथालाई नयाँ कोणबाट व्याख्या गरेको र कथा बाचनको शैलिले प्रभावित भएको भन्दै यस्ता फरक धारका पुस्तकले घटनाक्रमको अर्को पाटो देखाईदिने भन्दै पुस्तकको कथा अन्त्यन्तै सरल र मिठासपूर्ण ढंगले अगाडि बढेकाले रोचक समेत रहेको बताउनु भयो ।

पत्रकार महासंघ सिन्धुलीका पुर्व सभापति सञ्जय दाहालले अश्वस्थामा पुस्तकको अध्ययनले महाभारत कथाको लुकेको पाटो उजागर भएको र यसले आम रुपमा नराम्रा भनिएका कौरवहरु भनिए जति खराव नभएको प्रष्ट भएकाले महाभारतको व्याख्यामा गरिएको पाण्डवहरुको एकपक्षिय देवत्वकरण अन्त्य भएको बताउनु भयो । नेकपा सिन्धुलीका प्रचार विभाग प्रमुख प्रलाद पोखरेलले लेखकले कौरवहरु र विशेष कौरवहरुका अगुवा दुर्योधन माथि न्याय गर्ने हिसावले पुस्तक लेखेको भन्दै महाभारतको कौरवपक्षिय विश्लेषण न्यायोचित भएको बताउनु भयो । विट्स एफएमका स्टेशन म्यानेजर बरुण लामिछानेले पुस्तक उपन्यासको रुपमा कथा जोडिएको या महाभारतको सत्यतामा मै आधारित भएको के छ भनि लेखकलाई प्रश्न गर्नु भएको थियो भने गजलकार खडानन्द तिमल्सीनाले एतिहासिक तथा धार्मिक विषय वस्तुका लुकेको पाटोलाई उजागर गर्नु राम्रो भएपनि यसरी खराव भनिएका पत्रहरुलाई न्याय गर्ने भनेर व्याख्या विश्लेषण गर्दै जादै साँच्चै खराव पात्रको पनि राम्रो लेखिन थाल्ने हो कि भनेर चिन्ता व्यक्त गर्नु भएको थियो । सफल नेपाल साप्ताहिकका सम्पादकका वाई पि. विनयले लेखकले दुर्योधनलाई केन्द्रमा राखेर पुस्तक लेखेको भएपनि दुर्योधनलाई हिरो बनाउन पाण्डवहरु प्रति कुनै अन्यया नगरेको बरु महाभारतको कथामा जे छ त्यसको कौरव पक्षिय व्याख्या मात्र गरेर नयाँ बहसलाई पुस्तक मार्फत चर्चामा ल्याएको बताए ।

लेखक कुमार भट्टराईले सबैको जिज्ञासाको सामाधान गर्दै त्यो बेलाको महाभारत कथाका घटनाक्रम र अहिलेको राजनीतिक परिदृष्ट समेत बेला बखतमा मिल्न जाने भन्दै पुस्तकको अध्यन बाट त्यो बेला र अहिलेको राजनीतिक घटनाक्रम तुलना गर्न सकिने बताउनु भयो । दशैमा टिका लगाउदा आयु द्रोणसुते…. भन्दै मानश्च दुर्योधने भने पनि दुर्योधनलाई समाजले आम रुपमा खराव पात्रका रुपमा चिनेको तर महाभारत कथाको अध्ययनमा दुर्योधन त्यस्तो खराव पात्र नभएकाले उ माथि न्याय गर्न नै आफूले पुस्तक लेखेको बताउनु भयो ।

जनसेवी पुस्तकालयका अध्यक्ष शेषराज दाहालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जिल्लाका सञ्चारकर्मी लेखक, बुद्धिजिवि पुस्तकका पाठक लगायतको सहभागिता रहेको थियो । सफल नेपाल,सिन्धुली


ताजा खबर