किटोजेनिक डाइट : जसले तौल घटाउँछ र फिट बनाउँछ

के हो किटो डाइट ?
कम कार्बोहाइड्रेट, मध्यम प्रोटिन र उच्च चिल्लो पदार्थयुक्त खानालाई किटोजेनिक अर्थात् किटो डाइट भनिन्छ । यस डाइट प्लानमा पाँचदेखि १० प्रतिशत कार्बोहाइड्रेट, २० देखि २५ प्रतिशत प्रोटिन र उच्च मात्रामा चिल्लो पदार्थ हुन्छ । अर्थात्, तपाईंको खानामा ७० देखि ८० प्रतिशत चिल्लो पदार्थ समावेश हुन्छ ।

यसको अर्थ शरीरले कार्बोहाइड्रेटको सट्टा फ्याटबाट ऊर्जा लिन सुरु गर्छ भन्ने हो । जब शरीरले फ्याटबाट ऊर्जा लिन थाल्छ, तब तीव्र रूपमा तौल घट्छ । चाँडै स्लिम हुन सकिने भएकाले मोडल तथा फिल्मका नायक-नायिका यसमा आकर्षित भएको देखिन्छ ।

keto-diet

ध्यान दिनुस् 
यदि तपाईं किटो डाइट लिनुहुन्छ भने पानीको मात्रा बढाउन जरुरी छ र कहिलेकाहीँ नुन, कागती मिसाएर पानी खाँदा तपाईंको मुखमा आउने एक किसिमको धातुजस्तो गन्ध हराएर जान्छ ।

फाइदा/बेफाइदा 
– धेरै मात्रामा चिल्लो प्रयोग हुने भएकाले शरीर फिट रहन्छ र चिनीको मात्रा कम हुन्छ । टाइप-२ डायबिटिजका लागि प्रभावकारी हुन्छ । तौल कम हुन्छ । शरीरको मेटाबोलिक रेट पनि तेज हुन्छ । कोलेस्ट्रोलमा सुधार गर्न सहायक हुन्छ ।
– क्यान्सरको जोखिम कम गर्न वा क्यान्सरको उपचार गर्न लाभदायी हुन्छ । अल्जाइमरबाट बच्न सहयोगी हुन्छ । मिर्गौलाको जोखिम कम गर्छ ।
– सही तवरले यस डाइट प्लान फलो गर्न सकिएन भने कपाल झर्ने समस्या निम्तिन सक्छ ।

keto

मज्जाले घिउ खान सक्नुहुन्छ
मोटोपन बढ्ला भन्ने डरले धेरैले घिउ खान डर मान्छन् । तर, वास्तवमा स्वस्थ मानिसले मात्र होइन, उच्च रक्तचाप, मधुमेह, मुटुरोगी, मिर्गौलारोगी आदिले समेत विचार पु¥याएर घिउ खान सक्छन् । मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार घिउ मज्जाले निर्धक्कसाथ खान सकिन्छ, जसले कुनै हानि नोक्सानी पु-याउँदैन । तर, घिउ गाई या भैँसीको शुद्ध हुनुपर्छ । घिउ एक चिल्लो पदार्थ हो र यसमा भिटामिन ए र ई प्रशस्त मात्रामा पाइन्छ । यसमा एन्टिअक्सिडेन्ट र अन्य पौष्टिक तत्वहरू धेरै पाइन्छ । यो स्याचुरेटेड फ्याट हो । यसबाट शरीरमा प्रशस्त मात्रामा असल र खराब दुवै प्रकारका कोलेस्ट्रोलको निर्माण हुन्छ । स्याचुरेटेड फ्याटले मुटुरोग बढाउँछ, हृदयाघात गराउँछ भन्ने सोचाइ आज पनि व्याप्त छ । तर, विश्वका ठूला–ठूला अनुसन्धानले साबित गरिदिएको छ कि घिउ खाँदा कुनै बेफाइदा छैन, फाइदैफाइदा छ । घिउ धेरै डढाएर खानु भने गलत हो, हल्का पगालेर या तातो भातमा हालेर खानु राम्रो हुन्छ । मनिसलाई चिल्लो पदार्थ अति आवश्यक छ । घिउ पचाउन नसक्नेले भने कम खाँदा राम्रो हुन्छ । घिउको शुद्धतालाई नबिगारी मात्रा मिलाएर खाँदा सबैलाई फाइदा छ ।

Beginner’s guide to Ketogenic diet

के–के समावेश गर्ने ?
त्यस्ता सागसब्जी जसमा स्टार्च छैन, क्यालोरी र कार्बोहाइड्रेट कम छ, तर पोषक तत्व उच्च छ । त्यस्ता खाद्यान्न तपाईंले किटो डाइटमा समावेश गर्न सक्नुहुन्छ । जस्तो- केरा, ब्रोकाउली, दही, बटर, चिज, एभोकाडो, सी-फुड, नरिवलको तेल, बदाम आदि ।

-बीबीसी हेल्थ

 

 

 


ताजा खबर