एकक्षण देशका कुरा गरौं : प्रतिभा न्यौपाने -‘उर्वी’ (गजल)

आउनुहोस हजुर एकक्षण देशका कुरा गरौं
कला, साहित्य,भाषा अनि भेषका कुरा गरौं

हिजो पुजा गर्यो आज खादैछन गाई काटी
आउनुस हाम्रो धर्मका अवशेषका कुरा गरौं

घरकी शक्ति देवीको अस्मिता लुटियोरे घरमै
धड्कन नै रोकिदिने खबर र केशका कुरा गरौं

कलियुगमा सत्यलाई असत्यले निचोरी रहेछ
उधोगती भएको समाज र परिवेशका कुरा गरौं

सम्पती अनि सन्तति सम्झी रुदैछ्न बृद्धाश्रममा
केहिबेर राक्षसिपन संस्कार प्रवेशका कुरा गरौं ।


ताजा खबर