सहिद स्मारक लिग : आर्मी शिर्ष स्थानमा उक्लियो

सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबलाई न्यूरोड टिमले बराबरीमा रोकेको छ । शनिबार सम्पन्न पहिलो खेलमा एनआरटीले आर्मीलाई गोलरहित बराबरीमा रोकेको हो ।

बराबरीमा रोकिएर अङ्क बाँडेपनि आर्मीले अङ्क तालिकामा आफ्नो अग्रतालाई कायम राख्न सफल भएको छ । आठ खेलबाट आर्मीले १७ अङ्क बटुलेको छ । पाँचमा जित, दुई बराबरी र एकमा आर्मीले हार बेहोरेको छ । एन आर टी भने आठ खेलबाट १२ अङ्क जोडेको छ । मनाङ् र मच्छिन्द्र क्लब आठौं चरणको खेल खेलिसक्दा १६ अङ्कसहित दोस्रो र तेस्रो स्थानमा छन् ।

खेलको सुरुवातमै अग्रता लिन आर्मीका नवयुग श्रेष्ठले प्रयास गरेपनि बल पोष्टभन्दा टाढिदै बाहिनि पुग्यो । ३६ औं मिनेटमा पेनाल्टी बक्स बाहिर आर्मीले फ्रिकिक पाउँदा सदुपयोग गर्न सकेनन । जर्जप्रिन्सको प्रहार पोष्टभन्दा बाहिरियो । त्यसअघि १६ औं मिनेटमा दर्शन गुरुङ्गले एनआरटीका लागि गोल गर्न पाउनुभएको राम्रो अवसर सदुपयोग गर्न सक्नुभएन ।

इन्ज्युरी समयमा आर्मीका खेलाडीलाई खराब ‘ट्याकल’ गर्दा एनआरटीका जुनियर रातो कार्ड पाएर मैदानबाट बाहिरिदा दश खेलाडीमा सीमित भएको थियो । – सफल नेपाल


ताजा खबर