बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ । बर्दियाको बाँसगढी नगरपालिका–२ स्थित भगवती सामुदायिक वनमा घाँस काट्न गएकाबेला पाटे बाघको आक्रमणमा परी ४० वर्षीया गङ्गा सलामी मगरको बुधबार बेलुका मृत्यु भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

“बाघले मृतकको हात र घाँटीमा गम्भीर घाउ बनाएको छ, उहाँलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको हो”, बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।


ताजा खबर