गीतकार रमेश दहाल गृहजिल्ला दोलखामा सम्मानित

गीतकार रमेश दहाल गृहजिल्ला दोलखामा साहित्यिक सम्मानबाट सम्मानित भएका छन् ।

वरिष्ट पत्रकार एवम् साहित्यकार चिरञ्जीवी मास्केले आफ्नी जन्मदिने आमा स्व.विष्णुलक्ष्मी र कर्मदिने आमा स्व. तुलसीमायाँ मास्केको सम्झनामा आठ बर्ष अघि स्थापना गर्नुभएको विष्णुलक्ष्मी-तुलसीमायाँ साहित्य सम्मान २०७६ बाट दहालसम्मानित भएका हुन् ।No photo description available.

यो सम्मान दोलखा जिल्लाबाट साहित्यमा कलम चलाई राष्ट्रियस्तरमा निरन्तरता दिएका साहित्यकार हरुलाई प्रदान गरिन्छ । रमेशले बिगत लामो समय देखि नेपाली गीत लेखनका माध्यमबाट नेपाली गीत संगीतको उन्नतीकालागि काम गर्दै आएका छन् । यस अघि भोजराज न्यौपाने, बलराम दाहाल लगायतका राष्ट्रिस्तरका कवि तथा साहित्यकार हरुलाई सम्मानित गरिसकिएको छ।

यसबर्ष दोलखाबाट नेपाली साहित्यमा योगदान दिइरहेका साहित्यकारहरुको लामो सुचीबाट रमेशलाई सम्मानकालागि छानिएको हो ।

गत माघ १ गते चरिकोटमा आयोजना गरिएको सम्मान कार्यक्रममा दहाललाई नगद सहित सम्मान पत्रप्रदान गरिएको थियो । कार्यक्रममा गाउँ तथा नगरपालिकाहरुबाट पालिका प्रमुख, उपप्रमुख,कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, साहित्यिकार तथा पत्रकार तथा साहित्य अनुरागिहरुको उल्लेख्य उपस्थिति थियो ।

आमाहरुको नाममा स्थापनाभएको सम्मान प्राप्त गरेपछि दहालले यो सम्मान गीतिलेखनकालागि प्राप्त गरिएिको अतुलनिय आशिर्वाद भएको बताए। “यो सम्मानले मलाई दोलखाबाट सहर पसेर गीत लेख्न थालेकोमाआत्मसम्मान बढेको छ” दहालले भने।

दोलखा प्राकृतिक सौन्दर्यले भरिपूर्ण जिल्ला हो । रमेशले लेखेका गीतहरुमा जिल्लाको जनजीवन तथा प्राकृतिक सुन्दरताको आभाष पाउन सकिन्छ । प्रशिद्ध कालिञ्चोक भगवतीको मन्दिर, दोलखा भीमसेनको मन्दिर, सैलुङ्ग र गौरीशँकर हिमचुलीजस्ता मनै लोभ्याउँने स्थानहरुले दहालका लेखनमा प्रसस्तै स्थान पाएका हुन्छन् ।

विष्णुलक्ष्मी साहित्यिक समितिका पदाधिकारी समेत रहेका कवि विष्णु सुबेदी, कवि मृदु मुरारी, पत्रकार लक्ष्मण खड्का, जीवन लामा, दिपक बस्नेत लगायतको समितिले रमेशलाई सो सम्मानका लागि चयन गरेको थियो । -सफल नेपाल,सिन्धुली


ताजा खबर