अष्ट्रेलियामा आगो सल्काएको आरोपमा २४ जना पक्राउ

डढेलो लाग्ने प्रमुख कारण अत्याधिक तापक्रम र खडेरी रहेपनि आगो सल्काएको आरोपमा प्रहरीले २४ जनामाथि मुद्दा दायर गर्ने तयारी गरेको छ । अष्ट्रेलियामा प्रकोपको रुप लिएको डढेलोले पछिल्लो दुई महिना यता दुई दर्जन सर्वसधारणको मृत्यु हुनुका साथै लाखौं जनावरको मृत्यु भएको छ । २४ जनाले आगो सल्काउन भूमिका निर्वाह गरेको साउथ वेल्स प्रहरीको दाबी छ । न्यु साउथ वेल्समा नियतवश झाडीमा आगो सल्काएको आरोपमा २४ जना पक्राउ परेको न्यु साउथ वेल्स प्रहरीले जनाएको छ ।
सी एन एनका अनुसार नोभेम्बर महिना यता प्रहरीले १८३ जनामाथि आगो सल्काएको आरोपमा पक्राउ गरेर मुद्दा दत्र्ता गरेको छ । जसमध्ये ४० जना किशोर किशोरी छन् । प्रहरीका बमोजिम ५३ जनामाथि अपराधिक प्रकृत्तिको मुद्दा दायर गरिएको छ । ४७ जनामाथि चुरोट सल्काएर सलाइको काँटी भुँइमा खसालेको आरोप छ ।
अष्ट्रेलियामा डढेलोले प्रकोपको रुप लिँदा कम्तिमा २४ जनाको मृत्यु भएको छ । अष्ट्रेलियाको करीब सबै प्रान्तमा डढेलोको प्रकोप देखिएको छ । करीब एक करोड ८० लाख एकर जमीन आगोले जलेको छ । जसमध्ये अधिकांश झाडी, जङ्गल र राष्ट्रिय निकुञ्ज क्षेत्र छन् । करीब ५० लाख जनावर डढेलोको प्रकोपबाट प्रभावित छन् । दशौं लाखको मृत्यु भएको अनुमान गरिएको छ ।


ताजा खबर