भारतको राजधानीमा नेपाल भ्रमण वर्ष उद्घाटन

 नेपाली दूतावास भएका मुलुकहरुमा भ्रमण वर्षको उद्घाटन गर्ने कार्यक्रमअनुसार छिमेकी मित्रराष्ट्र भारतको राजधानी नयाँदिल्लीमा पनि नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गरिएको छ ।

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, भारतीय विदेश मन्त्रालयका नेपाल, भुटान डेस्क हेर्ने सहसचिव पियुष श्रीवास्तव, भारतीय पर्यटन मन्त्रालयकी महानिर्देशक मीनाक्षी शर्मा, भारतका लागि भुटानका राजदूत भेत्स्योप न्याम्ग्यालले संयुक्तरुपमा लोगो सार्वजानिक गरेर औपचारिक भ्रमण वर्षको उदघाटन गरेका छन् ।

कार्यक्रममा नेपालका प्रमुख र संभाव्यता भएका पर्यटकीय गन्तव्यलाई समेटेर तयार पारिएको भिडियो प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको दोश्रो सत्रमा स्थानीय कलाकारले नेपाली भाषा, संगीत, कला, संस्कृति तथा भेषभुषा झल्काउने साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा कुटनीतिक नियोगका प्रतिनिधि, ट्राभल एण्ड टुर्स व्यवसायी ,संचारकर्मी तथा प्रवासी नेपालीको सहभागिता रहेको थियो ।


ताजा खबर