कुण्डेश्वर मा.बि.का छात्र छात्रालाई ‘मुक्तिनाथ स्मृती अक्षय कोष’ को शैक्षिक सहयोग

कमलामाई नगरपालिका १२ मा रहेको श्री कुण्डेश्वर माध्यमिक विद्यालयको ५२ औं बार्षिकोत्सवको अवसरमा पौष १७ गते १० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

विद्यालयका संस्थापक सदस्य स्व. मुक्तिनाथ दहालको स्मृतिमा उहाँका सुपुत्र मुकुन्द प्रसाद दहालले स्थापना गर्नुभएको ‘मुक्तिनाथ स्मृती अक्षय कोष’बाट  शैक्षिक सामग्री वितरण गरिएको हो ।

Image may contain: 1 person, standing and outdoor

दहालले २०७४ सालमा विद्यालयको स्वर्ण जयन्तीको अवसरमा आयोजित बिशेष  समारोहमा एक लाख रुपैयाँको अक्षय कोष घोषणा गर्नुभएको थियो। कोषबाट प्राप्त व्याजमध्ये रु.१३,३०० रकम बरावरको शैक्षिक सामग्री  वितरण गरिएको हो ।

Image may contain: 1 person, standing, house, tree and outdoor

विद्यालयका शिक्षकहरुको समूहद्वारा छनौट गरिएका कक्षा १ देखि १० सम्मका एक एक जना गरिव, दलित, जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई स्कुल व्याग, कपि, औजार बक्स, कलर पेन्सिल, डटपेन, सामान्य ज्ञानका पुस्तकहरु लगायतका शैक्षिक सामग्रीहरु वितरण गरिएको थियो ।

Image may contain: 1 person, house, tree and outdoor

अक्षयकोषका संस्थापक दाहाल विद्यालयका पूर्व विद्यार्थी तथा  विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत हुनुहुन्छ । उहाँले २०५२ सालमा विद्यालयमा निमावि कक्षा सञ्चालन गर्नसमेत आर्थिक सहयोग गर्नुभएको थियो  । विद्यालयमा माध्यमिक तहको कक्षा सञ्चालन गर्न तथा उच्च माध्यमिक शिक्षा सम्मको ब्यपस्था गर्न उहाँले महत्वपूर्ण योगदान दिनुभएको छ ।

Image may contain: one or more people, people standing and outdoor

विद्यालयको बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै शिक्षासेवी दहालले अक्षयकोषलाई थप समृद्ध बनाउने प्रतिवद्धता ब्यक्त गर्नुभयो । आगामी दिनमा धेरै भन्दा धेरै विद्यार्थीहरु यसबाट लाभान्वित हुनसक्नेगरी कोषलाई सबल बनाउन आफू लागिपरेको  बताउनुभयो ।

सफल नेपाल,सिन्धुली

ताजा खबर