विजनेशमा जाेखिम माेल्नुपर्छ’डराउनेले जागिर खानुस: ज्याक मा

बिश्व बिख्यात अनलाइन सपिङ एण्ड पेमेन्ट गेट वे अलिबाबा डटकमका परिकल्पनाकार तथा  मालिक ज्याक माले बिजनेसको जोखिमसँग डराउनेलाई बिजनेस म्यान बन्ने कुनै अधिकार नभएको बताएका छन् ।
डाभोसमा चलिरहेको वर्ल्ड इकोनोमिक फोरमको बार्षिक बैठकमा उनले बिजनेससँग डराउने मानिसका लागि जागिर उत्तम विकल्प रहेको बताएका छन् ।
तपाईं कसलाई नोकरी दिनुहुन्छ भन्ने प्रश्नको जवाफमा उनले जो म भन्दा स्मार्ट छ उसैलाई जागिर दिन्छु भन्ने उत्तर दिएका थिए । उनले भने, ‘म यस्ता व्यक्तिलाई मन पराउँछु, जो आगामी ४, ५ वर्षमा मेरो पनि मालिक बन्न सकोस् ।
सकारात्मक सोच राख्ने र कहिल्यै हार नमान्ने मानिस मन पर्छ ।’अलिबाबाको सफलताको शुत्र बाड्दै माले भने म एक शिक्षक थिए ।
शिक्षकले सधैँ विद्यार्थी आफुभन्दा जान्ने होस भन्ने चाहान्छ । नियम एक मानिसलाई आफुभन्दा उत्कृष्ट बन्न सहयोग गर्नुहोस । नियम दुई यदि तपाईंले केहि कुरा बदल्न सक्नु भएन भने आफै बदलिनुस् ।
उनले उद्यमीहरुलाई साझेदारीमा व्यापार नर्गन सल्लाह दिएका छन् । उनी भन्छन्, ‘मित्रता व्यापार भन्दा ठूलो हुन्छ । ’ Image result for Jack Ma
सिजिटिएनको फिचरको अनुवाद  – सफल नेपाल

ताजा खबर