…त्यसपछि तयार भइन् आशा ‘झझल्को लिएर आयो सावन’ गाउन : रञ्जित गजमेर

चर्चित भारतिय गायिका आशा भोसलेले गाएको एक कर्णप्रिय नेपाली गीतको कथा…

Image may contain: 4 people, people smiling, people sitting

संगीतकार रञ्जित गजमेर तथा बलिउडकी लोकप्रिय गायिका आशा भासले यतिबेला काठमाडौंमा छन् । भोलि शानिबार हुने सांगीतिक कार्यक्रम ‘म्युजिकल जन अफ रञ्जित गजमेर विद आशा भोसले’मा सहभागिता जनाउन उनीहरु काठमाडौं आएका हुन् । यहि मेसोमा हामीले बरिष्ठ संगितकार गजमेरसँग गरेको कुराकानीको सम्पादित अंश ।

Image result for Ranjit Gajmer The Kathmandu Post

आशा भोसलेसँग सांगीतिक सहकार्यको वातावरण चाहिँ कसरी बन्यो ?
त्यो बेला अर्थात १९८३ तिर चलचित्र निर्देशक तुलसी घिमिरे पनि मुम्बईमै बस्नुहुन्थ्यो । उहाँले चलचित्र बाँसुरी बनाउने निर्णय गर्नु भएको थियो । उक्त चलचित्रका गीतहरु मुम्बईमै रेकर्ड गराउने योजना बनाएका रहेछन् । एउटा स्याड संड तथा एउटा युगल गीतमा महिला स्वरको खोजी गर्न मलाई भन्नु भयो । नेपालबाट तारादेवी वा दार्जिलिडबाट अरुणा लामालाई बोलाउनु पर्ने बाध्यता थियो । जसलाई बोलाए पनि खर्च धेरै लाग्ने निश्चित थियो । त्यसपछि निर्देशक घिमिरे र कुसुमले नै मलाई ‘उहाँलाई एक पटक आग्रह गर्ने कि ?’ भनेर सुझाए । मैले उहाँ भनेको को हो ? भनेँ । उनीहरुले आशा भोसलेको नाम लिए ।

त्यसपछि के गर्नुभयो ?
उनीहरुको प्रस्ताव नराम्रो थिएन । उहाँले भारतीय संगीतकार जयदेवको संगीत निर्देशनमा त्यसअघि नै नेपाली चलचित्र माइतीघरका लागि नेपाली गीत गाइसक्नु भएको थियो । यद्यपि, आशा भोसले जस्तो महान् गायिकालाई मैले कसरी आफ्नो संगीतमा गीत गाउन आग्रह गर्ने भन्ने थियो । त्यसको भोलिपल्टै स्टुडियो पुगेर संगीतकार वर्मनलाई नै मैले नेपाली चलचित्रको संगीत निर्देशन गर्ने मौका पाएको मात्रै बनाइनँ, आशा भोसलेलाई गीत गाउन लगाउने भित्री मनसाय पनि सुनाएँ । आशाजी स्टुडियोमै हुनुुहुन्थ्यो । वर्मनले ‘कान्छाले तिमीसँग गीत रेकर्ड गराउने रे’ भनिदिनुभयो । वर्मनको कुरा सुनेर आशाजी उत्साहित हुनुभयो । म खुसीले झन उत्साहित भएँ ।

रेकर्डिङको तयारी कसरी गर्नुभयो ?
पहिले त घर फर्किएँ । निर्देशक तुलसी र कुशुमलाई सो खुसीको कुरा सुनाएँ । त्यसको केही दिनमै हामीले चलचित्र बाँसुरीको पहिलो गीत ‘झझल्को लिएर आए सावन’ रेकर्ड गर्यौं । त्यही त्यही चलचित्रको युगल गीत ‘मिर्मिरे साँझमा सिमसिमे पानी’ पनि रेकर्ड गर्यौं । उक्त गीतमा उदित नारायण झाले युगल गायन गरेका थिए । मुम्बइमा संगीतका अध्ययन गर्न गएका उदितनारायण झाले पहिलो पटक स्टुडियोमा उभिएर माइक अगाडि गाएको पहिलो गीत पनि त्यही थियो । – सफल नेपाल

 


ताजा खबर