प्रशिद्ध भारतीय गायिका आशा भोसले काठमाडौँमा : शनिबार साँझ साङ्‍गीतिक प्रस्तुति दिने

प्रशिद्ध भारतीय गायिक आशा भोसले यतिवेला नेपालमा छिन्। उनी बुधबार काठमाडौँ आइपुगेकी हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनकाे स्वागत गरिएकाे थियाे।

Image may contain: 3 people, people smiling, people standing

Image may contain: 3 people, people smiling, table and indoorसाधना कला केन्द्रको आयोजना शनिबार हुन लागेको सांगितिक कार्यक्रममा सहभागि हुन भोस्ले काठमाडौँ आइपुगेकी हुन्। साधना कला केन्द्रले संगीतकार रञ्जित गजमेर र आशा भोसलेको सम्मानमा सांगीतिक कार्यक्रमको आयोजना गरेको हो।

करिब ६० भन्दा बढी नेपाली गीतमा स्वर दिएकी भोसलेले वरिष्ठ सङ्‍गीतकार तथा सर्जक रञ्जित गजमेरको सङ्‍गीतमा शनिबार साँझ केही साङ्‍गीतिक प्रस्तुति दिनेछिन्।

भोसलेको नेपाल आगमन दोस्रो भए पनि उनको साङ्‍गीतिक प्रस्तुति भने पहिलो हो। शनिबारको साङ्‍गीतिक साँझमा भोसलेका साथमा अन्य ३३ नेपाली सङ्‍गीतकर्मीहरू पनि गुञ्जने आयोजकले बताएको छ।

कार्यक्रम होटेल सोल्टी क्राउन प्लाजाको हलमा आयोजना हुँदैछ। जुन हलमा ६ सयको सङ्ख्या‍मा दर्शक अटाउन सक्छन्।

कार्यक्रममा सहभागिताका लागि प्रति व्यक्ति १० हजार रुपैयाँको टिकट लिनुपर्ने आयोजक संस्था साधना कलाकेन्द्रका निर्देशक मिलन मोक्तानले बताए।

‘धेरै कुराहरूमा धेरै सङ्‍घसंस्थाको साथ र सहयोग मिले पनि आशा दिज्यूसहित उहाँको परिवारको यातायात खर्च, बसाइ र कार्यक्रम व्यवस्थापनका लागि हामीले १० हजारको टिकट तयार गरेका छौं,’ मोक्तानले भने, ‘हामीले कुनै आर्थिक लाभका लागि टिकट दर कायम गरेका होइनौं। टिकट दिँदा पनि हामीले किन्ने मान्छेको सङ्‍गीतसँगको प्रेम कतिको छ, त्यसलाई हेरेर टिकट दिएका छौं।’

आयोजकका अनुसार उनी पशुपतिनाथ, मुक्तिनाथ र लुम्बिनीसमेत जाने कार्यक्रम रहेको छ।

Image may contain: 3 people, people sitting

आशा भोस्लेले आज रेडियो नेपालको संगीत स्टूडियोमा केही गीतको रिहर्सल गरेकी छन्। उनले यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु, गैरी खेतको शिरै हान्यो, मोहनी लाग्ला है लगायतका दर्जनौ नेपाली गीत गाएकी छन्।

Image may contain: 4 people, people smiling, beard and outdoor

Image may contain: 6 people, people smiling, hat, close-up and outdoor

Image may contain: 5 people, people smiling, beard and outdoor

उनलाई रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्की र नायव कार्यकारी निर्देशक अशोक बास्कोटासहित रेडियो नेपालका कर्मचारीहरुले स्वागत गरेका थिए।


ताजा खबर