कानून, न्याय तथा संसदीय मामिला र शहरी विकास मन्त्रालयको कार्यभार प्रमलाई

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कानून, न्याय तथा संसदीय मामिला र शहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मेवारी दिनुभएको छ ।

मंगलबार उपप्रधानसहित कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादव र शहरी विकासमन्त्री महोम्मद इस्तियाक राईले राजीनामा दिनुभएको थियो ।

उहाँहरुले राजीनामा दिनुभएपछि सो मन्त्रालयलाई हेर्ने जिम्मा प्रधानमन्त्रीलाई राष्ट्रपतिले दिनुभएको राष्ट्रपति कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


ताजा खबर